धरान : रोटरी क्लव अफ धरानले अयोजना गरेको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन गरेको छ ।

सोमबार धरान १८ स्थित बुद्ध चौकमा सम्पन्न रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको थियो । कोरोना संक्रमणका कारण भएको लकडाउनले रक्तदान कार्यक्रमहरु हुन सकिरहेको छैनन् । धरान व्लड बैंकमा रगतको अभाव भएकाले व्लड बैकको अनुरोधमा रक्तदान कार्यक्रमको आयोना गर्नु परेको अध्यक्ष रविन श्रेष्ठले वताए ।

रक्तदान भइरहेकै अवस्थामा ताजा रगतको अवाश्यकता पर्ने विरामीहरुका लागि र अन्य विरामीहरुका लागि विभिन्न ग्रुपको करिव ७ पिन्ट रगत व्लड बैैक मार्फत प्रदान गरिएको सुरेन्द्र स्थापितले बताए । कार्यक्रम रोटरियन शिवानन्द शाहको संयोजकत्वमा सम्पन्न भएको थियो ।