धरान : धरान-१४ बिजयपुरको सेउती खोलाको झोलुङ्गे पुल मुनि एक जना युवा मृत अबस्थामा फेला परेका छन् ।

धरान ४ नारे बस्ने १६ बर्षिय मनिराज राई मृत भेटिएका हुन् ।

सेउती पुलमुनि मृत अवस्थामा भेटिएका युवाको विशेष अनुसन्धानकालागि प्रहरीको विशेष टोली घटनास्थल पुगेको छ ।

झोलुङ्गे पुल मुनि हातमा मोबाइलको कभर समातिरहेको अवस्थामा धरान-४ बस्ने  युवाको शव भेटिएको थियो । पुलबाट हाम फालेको हो कि अन्य कारणले मृत्यु भएको भन्ने अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

बिहान मर्निङवाकमा जानेले मृतकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलको मुचुल्का उठाएर पोस्टमार्टमकालागी प्रतिष्ठान लगीएको प्रहरीले बताएको छ ।