पथरी : पथरी वहुमुखी क्याम्पसका क्वारेन्टाइनमा रहेका १८ जनाकै स्वाव परिक्षण कोरना नेगेटिभ पाइएपछि घर फर्काइएको छ ।

भारतवाट आएर क्वारेन्टाइमा राखिएका उनीहरुलाई मंगलवार घर फर्काइको हो । उनीहरुको स्वाब विराटनगरको कोभिड अस्पतालमा पठाइएको थियो । उनीहरुको रिपोर्टमा कोरोना भाइरस नदेखिएपछि घर पठाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनकारी दिए ।

उनीहरुसँगै नगरका २ जना एम्बुलेन्स चालकको स्वाबमा पनि कोरोना नदेखिएको उनले वताए । भारतबाट घर फर्किएकाहरुकालागि बनाइएको क्याम्पसको क्वारेन्टिनमा रहेका अन्य ३१ जनाको पनि केही दिनमा स्वाब परीक्षण गरिने नगरपालिका कार्यालयले जनाएको छ