धरान : वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागुऔषध र गाँजा बरामद गरी तीन जनालाई पक्राउ गरेको छ । एम्बुलेन्स र गाँजा बुधबार बिहान  वीरगन्ज प्रहरीले सार्वजनिक गरेको छ ।

बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । वीरगन्ज महानगरपालिका वडा नं २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा वीरगन्ज खटिएको प्रहरी अधिकृतसहितको टोलीले जेठ ८ गते बुधबार करिब पौने ३ बजेतिर गाँजा बरामद गरेको वीरगन्जका डीएसपी गौतम थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका -१५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका-५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो छन् । प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका-५ भौराटारतर्फ लैजान लागिएको थियो