धरान : स्वास्थ्य एवम् सुरक्षित कारोबार गर्नकालागि बैङ्कहरू पनि नयाँ योजना ल्याउने होडबाजीमा लागेका छन् ।

नबिल बैङ्कले कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरूको हित तथा आवश्यकतालाई मध्यनजर गरी विद्युतीय प्रणालीबाट कारोबार गरिने ”Nabil Gen-N Account” सञ्चालनमा ल्याएको छ । बैङ्कले ल्याएको उक्त योजनाका बारेमा एक विज्ञप्ति समेत प्रकाशित गरेको छ । विज्ञप्तिमा भनिएको छ “यस बैङ्कले विश्वव्यापी रूपमा फैलिएको ””Nabil Gen-N Account” ग्राहक महानुभावको माझ सहज तथा सरल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता हो । यसमा थुप्रै प्रबिधिमैत्री सेवाहरू जस्तै मोबाइल बैंकिंग, बाईभर बैंकिंग, online transactions र डेबिट कार्ड, क्रेडिट कार्ड,NTC/NCell 2GB data package निःशुल्क जारी गरिएको छ ।

हाम्रो समुदायमा घातक रोगहरूको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेकोले तिनको उपचारार्थ अत्यधिक व्यय भार हुने कुरालाई ध्यानमा राखी ग्राहकको लागि स्वास्थ्य बिमा पनि निःशुल्क गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ “यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पुर्‍याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षा सहित नबिल बैङ्कले १३ प्राणघातक रोगहरू तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने” भएको छ ।

”Nabil Gen-N Account” नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरूलाई लक्षित गरिएको छ । १८ वर्ष माथिका नेपाली नागरिकले खोल्न सक्ने उक्त खाताबाट बैङ्किङमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैङ्क विश्वस्त छ ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैङ्कको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको बैङ्कको दाबी समेत रहेको छ ।