धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले  सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं-१ बस्ने कैलाश भुजेलको घर छेउमा बेवारिसे अवस्थामा सखुवा जातका बिभिन्न किसिमका चिरान काठहरु बरामद गरेको छ ।

बिभिन्न प्रकारका सखुवा काठहरु लुकाई छिपाई राखेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट उक्त स्थानमा प्रहरी टोली खटि खानतलासी गर्दा सखुवाका चिरान काठहरु ४७.८ क्यूबिक फिट काठ कानून बमोजिम बरामद गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

उक्त बरामत काठहरु बुधवार २८ गते आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सुनसरीमा पठाईएको थापाले जानकारी दिए ।