धरान : सुनसरीको कोशी गाँउपालिका-३ मा बस्ने १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडी बेहोस भएकोमा उपचारार्थ लजादै गर्दा उनको सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।