विराटनगर : नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिको उत्पादन बन्धन सिमेन्टले आयोजना गरेको फोटो प्रतियोगीता २०७७ मा ४५१ जना सहभागी भएका छन ।

सहभागी ४५१ जनाले बन्धन सिमेन्टको आधिकारीक फेसबुक पेजमा आफ्नो फोटो पठाएर सहभागी भएका हुन् ।

कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा रहेकाले मानिसको दिन कठिनाइ पुर्वक बितिरहेको अवस्थालाई मध्यनजर गरेर घरबसी सहभागीहरुलाई मनोरञ्जन गराउने र पुरस्कार वितरण गर्ने उदेश्यले फोटो प्रतियोगीता आयोजना गरिएको बन्धन सिमेन्टका ब्राण्ड मेनेजर अर्जुन पौडेलले जानकारी दिए ।

फोटो प्रतियोगीतामा सहभागी प्रतिस्पर्धीहरुबाट सबै भन्दा धेरै लाइक पाउने मध्ये ४ जना विजेताले पुरस्कार पाउनेछन् । जसमध्ये प्रथम विजेताले स्यामसुङ ग्यालेक्सी ए १० यस ब्राण्डको स्मार्ट मोबाइल प्राप्त गर्ने छन् भने दोस्रो हुने विजेताले बाल्ट्राको मिक्सर त्यसैगरी तेस्रो हुने विजेताले स्ट्याण्ड फ्यान र सानत्वना पुरस्कार स्वरुप एकजनाले आकर्षक भित्ते घडी प्राप्त गर्नुका साथैे फोटोमा १ हजार लाइक प्राप्त गर्ने प्रत्येक सहभागीले रु १०० को रिचार्ज कार्ड पाउन सक्ने समेत पौडेलले जानकारी दिए ।

प्रतियोगीताको अन्तिम नतिजा असार १५ गते घोषणा गरिने बताइएको छ ।