इटहरी :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिहिबार थप ३० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ । वीपीको कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका ३० जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

पछिल्लो पीसीआर परीक्षणमा कोरोना कोरोना नेगेटिभ देखिएपछि चौथो पटक कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । कोरोना मुक्त हुनेमा झापा जिल्लाका १८ वर्ष देखि ४५ वर्ष सम्मका ३० जना पुरुष डिस्चार्ज भएका हुन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार हाल नयाँ ८ जना र पुराना २४ जना गरी ३२ जना कोरोना संक्रमित उपचारत छन् । मङ्गलवार पनि बिपीबाट २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका थिए ।