पथरी : प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रममा मोरङको उर्लाबारीमा रहेको मङ्गलवारे अस्पतालको नामकरण मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय विरोध सुरु भएको छ । नाम परिवर्तन गरेको विषयमा स्थानीयवासीले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाएका हुन् ।

मङ्गलबारेमा बिहीबार बिहान मुख्यमन्त्री राईको पुत्ला जलाउदै गर्दै स्थानीय युवाहरूले प्रदेश सरकारको हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका हुन् । बुधवार प्रदेशसभा बैठकमा मन्त्री राईले मदन भण्डारी अस्पताल नामकरणको विपक्ष मा आवाज उठ्नु निन्दनीय भएको अभिव्यक्ति दिएका थिए ।

राईले स्थानीय केही युवाले मङ्गलबारेमै सुरु गरिएको विरोधको प्रतिवाद गर्दै ‘मदन भण्डारीको नामलाई अस्वीकार गर्नु भनेको समग्र देशको परिवर्तनलाई अस्वीकार गर्नु हो। परिवर्तनलाई अवज्ञा गर्नु सरह हो’ भनेका थिए ।स्थानीय युवाहरूले प्रदेश सरकारलाई मङ्गलवारे अस्पतालकै नाममा बजेट ल्याउन माग गरेर विभिन्न निकायलाई ध्यानाकर्षण पत्र समेत बुझाई सकेका छन् ।

सरकारले विशेषज्ञ चिकित्सक र त्यसका लागि आवश्यक उपकरण सहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म अस्पतालको स्वामित्व हस्तान्तरण भएको छैन । नयाँ आर्थिक वर्षबाट प्रदेश सरकारबाट अस्पताललाई बजेट ल्याउने तयारी सँगै नाम परिवर्तनको विवादास्पद बनेको हो ।

स्थानीयहरूले प्रदेश सरकारले मङ्गलवारे अस्पताल स्तरोन्नति गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय स्वागतयोग्य रहे पनि मङ्गलवारे अस्पतालको पहिचान नै मेटिने गरिन नाम अगाडि सारिदा आफूहरूको आपत्ति रहेको बताएका छन् ।

२०४९ सालमा स्थापना भएर १५ शैयाको मंगलबारे अस्पतालमा स्तरोन्नती भएको थियो । प्रदेश सरकारले अस्पताललाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छ ।

त्यसका लागि अस्पतालमा अपरेशन थ्रिएटर तथा उपकरण खरिद गरेर करिब ४ करोड बजेट आइसकेको छ । अस्पतालमा करोडौंको उपकरण खरिद गरेर जडान भइसकेको छ । अस्पतालमा हाल प्रसूति र एपेन्डिसाइट्सको श्ल्याक्रिया पनि उपलब्ध हुदै आएको छ ।

पूर्व पश्चिम राजमार्गमा सगै जोडिएको मंगलबारे अस्पतालमा दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहज हुने भएकाले प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजेको छ ।

Janasuwatha-jilla-Sunsari-1 1