धरान : सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबिच झडप हुदा एक जनाको मृत्यु भएको छ । हगदाको क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई नेपाल प्रवेशमा रोक्न खोज्दा सुरक्षाकर्मीबीच झडप भएको हो । झडपका क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलिसकेको छैन ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यस क्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेको प्रहरीले जनाएको छ ।