इटहरी : सुनसरीको देवानगंज-७ स्थित रासीमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय जगरुप यादवको ५ बर्सिया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

हिजो साँझ साढे ६ बजे घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर बालिका यादव पोखरीमा डुबेकी थिइन् ।

सो अवस्थामा आफन्तले तत्काल देखी उपचारार्थ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।