धरान : सप्तरी जिल्लामा शुक्रवार थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सप्तरी जिल्लामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३८ जना पुगेको छ । थपिएका १७ जना मध्ये हनुमान नगर नगरपालिकाकाको क्वारेनटाइनमा बसेका १५ जना, बोदेवर्साईन नगरपालिकाको क्वारेनटाइनमा बसेका १ जना र महादेवा गाउँपालिकाको क्वारेनटाइनमा बसेका १ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनीहरूको उमेर १८ वर्ष देखि ३६ वर्षीय पुरुषहरू रहेको बताइएको छ ।

उनीहरूको थ्रोट स्वाबको नमुना परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । उनीहरूलाई अहिले सप्तरीको राजविराज स्थित शाहि कृष्ण प्रस्तावित मेडिकल कलेजको आइसोलेसनमा ल्याइँदै गरेको पनि प्रमुख यादवले जानकारी दिएका छन् ।