धरान : धरान उपमहानगरपालिकाद्वारा सञ्चालित एन्फा क्वारेनटाइनबाट आज थप ५ जना डिस्चार्ज हुदैछन भने क्वारेनटाइनमा बस्नेहरूको पिसीआर परीक्षणको लागि स्वाब पनि सङ्कलन गरिँदै छ ।

एन्फा क्वारेनटाइनमा बसेका २४ जना मध्ये आज ५ जनाको रिपोर्ट नेगेटिभ आएकोले उनीहरूलाई डिस्चार्ज गर्न लागिएको एन्फा क्वारेनटाइनकी स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिएकी छिन् ।

त्यसै गरी क्वारेनटाइनमा बस्ने करिब ३५ जनाको हाराहारीमा स्वाब लिन तयारी भइरहेको पनि बताइएको छ । ५ जना डिस्चार्ज भए पनि आजै क्वारेनटाइनमा थप मानिस थपिने भएको बताइएको छ । थप सङ्ख्या सँगै १९ जनाको गरी करिब ३५ को हाराहारीमा स्वाबको नमुना सङ्कलन हुने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।