पथरी : मोरङको पथरीशनिश्चरे १ का एक युवामा करोना सङ्क्रमण पुष्टि भएको छ ।

उनी भारतको उत्तर प्रदेशबाट काठमाडौँ हुँदै पथरीशनिश्चरे आइपुगेका थिए । उनी क्वारेनटाइनमा नबसी घरमै बसेका थिए । उनीमा सामान्य समस्या देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो ।

पथरी शनिश्चरे नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यका अनुसार सङ्क्रमित युवाको सम्पर्कमा आएका एक प्रहरी र सँगै आएका ५० वर्षीय पुरुषलाई समेत क्वारेनटाइनमा राखिएको छ ।  सङ्क्रमितलाई पूर्वाञ्चल विश्व विद्यालयको आइसोलेसनमा पठाइएको बताइएको छ । पथरीमा पहिलो करोना सङ्क्रमित व्यक्ति फेला परेका हुन ।