धरान : सेवक अभियान धरानद्वारा अभियानका सदस्य र अन्य पदयात्रीहरुलाई हाईकिङ गाइड सम्वधि २ दिने नि: शुल्क तालिम दिएको छ ।

सेवक अभियानले धरानमा आउने आन्तरिक वा वाह्यपर्यटकहरूलाई सहज तथा सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउनका साथसाथै व्यवसायिक पदयात्री गाइडको उत्पादन गर्ने उदेश्यले तालिम संचालन गरीएको सेवक अभियानका अध्यक्ष राजिव हलवाईले बताए।

अभियानका सदस्य र अन्य पदयात्रीलाई हाईकिङ गाइड सम्वधि नि: शुल्क तालिममा ४० जनाको सहभागिता रहेको थियो ।

हाईकिङ गाइड गोपाल राईको प्रशिक्षकमा भएको तालिममा हाइकिङ गर्दा कसरी सुरक्षित रहने , ओझेलमा परेका पर्यटकीय गन्तब्यलाई कसरी प्रचार प्रसार गर्ने तथा पदयात्राका क्रममा अपनाउनु पर्ने साबधानी र प्राथमिक स्वास्थ्य उपचार आदि बिषयमा तालिम प्रदान गरीएको अध्यक्ष हलवाईले बताए ।