धरान : झापामा बिभिन्न समयमा खटिएको प्रहरी गस्ती टोलीले बिशेष सूचनाका आधारमा सिमा नाका हुदै नेपालबाट भारत तर्फ भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको अबैध समानहरु बरामद गरेको छ ।          

बरामद सामानहरु सुर्ति, बिँडी, नेट जाली, अगरबत्ती, नाईलन डोरी, ईन्जिन तेल, नरिवल तेल र मल गरी करिब १ लाख २४ हजार ४ सय बराबरको समानहरु बरामद  गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद समानहरु आवश्यक कारवाहीको लागि ३० गते शुक्रबार भद्रपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।