उदयपुर : सोलुखुम्बुमा भएको ट्रक दुर्घटनामा उदयपुर कटारी-४ सिम्लेका ३५ वर्षीय कुमार परियारको मृत्यु भएको छ ।

शुक्रवार अपराह्न पौने ५ बजे सोलुखुम्बु दुधकुण्ड-८ सिकारी डाँडा स्थित सडक खण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक बाट अन्दाजी ३०० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।