विराटनगर : मोरङ धनपालथान-७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन ।

शुक्रबार अपरान्ह ५ बजे घरमा कोही कसैलाई नसोधी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

उनि अबेर सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी बेलुका ७ बजे प्रहरीमा जानकारी गराएका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।