धरान : नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा धरान उपमहानगपालिकाको सहयोगमा "पहिला सुरक्षा अनि सुचना " भन्ने उदेश्यले  धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गदै आएका पत्रकारहरूलाइ शुक्रबार देखि हासंघ ले ३ दिने तालिम दिदै आइरहेको छ।

उक्त तालिममा केन्द्रीय प्रविधि क्याम्पस हातिसारका माइक्रोबाइलोजी विभागीय प्रमुख धिरेन लिम्बुले कोरोना भाईरसको सामान्य जानकारी गराएको थिए। त्यसैगरी ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक देबेन्द्र कार्कीले विपदमा आफु सुरक्षित रहि कसरि सही सुचना सम्प्रेषण गर्ने भन्ने जानकारी गराउदै हरेक मिडियामा आवद्ध रहेका पत्रकारहरूलाइ परिचय पत्र र बिमाको पनि उतिकै महत्व रहेको बताउँदै पत्रकारहरूलाइ परिचय खुल्ने परिचयपत्र र बिमा नभएको भए मिडियालाई बनाउनका दवाव दिन अनुरोध समेत गरेका थिए।  अन्तिममा नागरिक दैनिकका पत्रकार रोहित राईले खोजमुलक पत्रकारिताको बारेमा सहजिकरण गर्दै खोजमुलक पत्रकारिता के हो ? खोजमुलक पत्रकारिता कसरी गर्ने सकिन्छ यसका फाइदा र बेफाइदा के हुन भन्ने बारेमा जानकारी दिएका थिए।

शुक्रवार उद्योग वाणिज्य संघको हलमा विहान ११ बजे देखि दिउँसो ४ बजेसम्म भएको विपद् वयवस्थापन र खोजमुलक प्रशिक्षणमा २२ जना पत्रकारहको सहभागी रहेको थियो। कार्यक्रममा महासंघका अध्यक्ष अमर खड्काको सभाअध्यक्ष र धरान उपमहानगरपालिकाका राजस्व, पर्यटन तथा सञ्चार महाशाखाका प्रमुख खगेन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिममा महासंघका उपाध्यक्ष सन्तोष काफ्ले, कोषाध्यक्ष गोविन्द बस्नेतलगायतको उपस्थिती रहेको थियो ।

शुक्रवार तालिममा पत्रकारहरूलाइ फिल्डमा गएर सुचना सम्प्रेषणमा सैदान्तीक ज्ञानहरु सिकाइएको थियो। शुक्रवार सिकको कुरामा आधारीत भएर शनिवार प्रत्यक पत्रकारहरूले एउटा -एउटा रिपोटिङ गर्नुपर्ने र आइतवार शनिवार गरेको रिपोर्टिंङ लिएर पत्रकार महासंघ सुनसरि मा ११ बजे उपस्थित हुनुपर्ने महासंघका उपाअध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए।