धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शनिवार ३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य प्रोटोकल अनुसार पछिल्लो पटक पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका सुनसरीका १ जना पुरुष, तेह्रथुमका १ जना महिला र धनकुटाका १ जना पुरुष गरी ३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । सबै जना ११ दिन अघि आइसोलेसनमा भर्ना भएका हुन् ।

शनिवार डिस्चार्ज भएकाहरूसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ सय ३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । अब प्रतिष्ठानको आइसोलेसन वार्डमा २१ जना कोरोना सङ्क्रमित उपचाररत रहेको र उनीहरूको अवस्था सामान्य रहेको पनि प्रतिष्ठानले जनाएको छ ।