धरान : सांसदबाट नेपालको नयाँ नक्सासहितको निशान छाप पास भएपछि देशको विभिन्न ठाउँमा दीपावली गरिएको छ ।

प्रतिनिधिसभाबाट पास भएको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सा पारित भएको खुसीयाली मनाइएको हो ।

सुनसरीको धरान,इटहरी, प्रकाशपुर लगायतको क्षेत्रमा शनिवार साँझ नयाँ नक्सा र झन्डाको आकारमा दीपावली गरिएको हो । दीपावली कार्यक्रममा स्थानीय पार्टीका प्रतिनिधि सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तनको संशोधनको प्रस्तावमा शनिवार प्रतिनिधि सभाले नयाँ नक्साअनुसार निशान छाप संविधान संशोधन विधेयकलाई सर्वसम्मत पास गरेको थियो ।

Dipawali-dharan-3