धरान : सुनसरीको सदरमुकाम इनरुवामा भीषण आगलागी भइरहेको छ ।

इनरुवाको मुख्य बजारमा रहेको इनरुवा १ स्थित हनुमान बस्त्रालयमा आगलागी हुँदा अहिले सम्म आगो नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

बिहान ४ बजे देखि लागेको आगो नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र धरानका उपमहानगरपालिकाको २ वटा, इटहरीको १ वटा र दुहबीको १ वटा दमकल गरी ४ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको भए पनि अझै आगो नियन्त्रणमा आउन नसकेको इनरुवाका पत्रकार शुकदेव चौधरीले जानकारी दिएका छन् ।

आगलागी के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म खुलिनसकेको सुनसरी प्रहरीले बताइएको छ ।