धरान :  झापा प्रहरीले कनकाई नगरपालिकाबाट जुवा खेल्दै गरेका ७ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका-३ का बिष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाईँ, कनकाई नगरपालिका-४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले  गलैंचा, क्याण्डिड पाउडर, ७१ हजार १० रुपैंयाँ नगद र १६ थान कौडा बरामद गरेको जनाएको छ । कनकाई नगरपालिका-३ टप्पु टोलमा रहेको चेतन कुमार प्रसाईको घरमा लामो समयदेखि जुवा खेलाईने गरेको सुचना प्राप्त भएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी मुकुन्द रिजालले बताए ।

पक्राउ परेकालाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा तथा नैतिकता बिरुद्धको कसुरमा मुद्दा चलाईने रिजालले बताए ।