धरान : आइतबार अपराह्नका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको धपेडीको कारण स्थगित भएको छ ।

आइतबार अपराह्न ४ बजेका लागि डाकिएको सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सांसदबाट पारित गर्ने र नगर्ने विषयमा छलफल हुने बताइएको थियो ।

‘प्रधानमन्त्रीज्यूलाई धेरै धपेडी भएकाले आजको बैठक स्थगित भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।