धरान : नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको बिपद ब्यबस्थापन तथा न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा दिएको ३ दिने तालिम धरानमा आईतबार सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाको सहयोग र नेपाल पत्रकार महासङ सुनसरीको आयोजनामा गरिएको तालीममा बिपद ब्यबस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि सन्चारको माध्यमबाट स्थानीयलाई सुसुचित गराउनुको साथै स्थानीय बिपद ब्यबस्थापनको बिषयमा सहभागीहरुलाई प्रस्ट्याइने कार्य भएको थियो ।

धरानका नबआगन्तुक पत्रकार तथा अन्य पत्रकारको  सहभागितामा सम्पन्न भएको सो तालिममा २५ जनाको सहभागिता  थियो  । तालिमको सहजीकरण ब्लास्ट टाइस्स पत्रिकाका प्रधान सम्पादक देबेन्द्र कार्की,नागरिक दैनिकका पत्रकार रोहित राई र हातिसार क्याम्पसका  माइक्रोबाइलोजी विभागीय प्रमुख  प्रमुख धिरेन लिम्बुले गरेका थिए ।

शुक्रवार तालिममा पत्रकारहरूलाइ फिल्डमा गएर सुचना सम्प्रेषणमा सैदान्तीक ज्ञानहरु सिकाइएको थियो। शुक्रवार सिकको कुरामा आधारीत भएर शनिवार प्रत्यक पत्रकारहरूले एउटा -एउटा रिपोटिङ गर्नुपर्ने र आइतवार शनिवार गरेको रिपोर्टिंङ लिएर पत्रकार महासंघ सुनसरिमा  सहभागी पत्रकारहरुले आफुले तयार पारेका समाचारको प्रत्यक्ष रुपमा बाचन गरी सबैमाझ अनुभव साटासाट गरेका थिए । प्रयत्कले समाचारमा बाचन गरेपछि महासंघका अध्यक्ष अमर खड्का र महासंघका सहसचिव दिनेश गजमेरले समाचार अझ राम्रो बनाउन चाहिने कुराहरुको सल्लाह सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरिका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक सन्तोष काफ्लेले  मन्तब्यमा बोल्दै  तालीम निकै प्रभावकारी र फलदायी भएको र अबको नया पुस्ताले सामाचारको माध्ययमबाट देशलाई सेवा गर्नै मौका प्रदान गरेको बताए ।