धरान : जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका -३ स्थित ज्ञानेचोकमा अबैध काठ सहित मानिस नियन्त्रणमा लिएको छ ।

मे१त २७०४ नं को ट्रयाक्टरमा अबैध काठ लोड गरीरहेको भन्ने बिशेष सुराकीको आधारमा तत्कालै झापाबाट खटेको प्रहरी टोलीले अबैध रुपमा लादै गरेको सिसउ जातको काठ १८ वटा टुना ४७.४४ क्यु फिट काठ, ट्याक्टर र चालक नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भद्रपुर नपारपालिका २ बस्ने २२ को प्रकास बि.क रहेकाछन । उक्त बरामत काठलाई कानुनी कारबाहीको लागी ३२ गते शनिबार जिल्ला वन कार्यालय भद्रपुर झापामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।