धरान :धरान जेसिसले विश्व रक्तदान दिवसको उपलक्ष्यमा आइतवार आयोजन गरिएको रक्तदान कार्यक्रममा महिला रक्तदाता भन्दा षुरूषरक्तदाता धेरै रहेका थिए।

धरान १२ स्थित अमान बजारमा भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको हो । रक्तदान गर्नेहरू जसमा षुरूष ७८ र महिला २४ रहेका थिए।

"रक्तदान नै जिवनदान "भन्ने मुख्य नारा लिएर कोरोना संक्रमणको भयावय परिस्थितिमा रगतको अभावले ज्यान जोखिममानपरोस भन्ने उदेश्यले मानव सेवामा समर्पित हुदै रक्तदान कार्यक्रम गरेको धरान जेसिसका अध्यक्ष दीपेन्द्र निरौला बताए।jcc 1

निरौलाको अध्यक्षतामा र प्रमुख अतिथि रेडक्रस सुनसरीका सभापति उमेश थापा भएको कार्यक्रममा रक्तदाताहरूलाई प्रमाण पत्र समेत दिएको थियो ।