इटहरी : जनता समाजवादी पार्टी इटहरी उपमहानगर कमिटीले कोरोना महामारीको नाममा सङ्कलित सहयोग र खर्चको विवरण माग गरेको छ । इटहरी उपमहानगरलाई सहयोग गर्ने भन्दै धेरैले बाचा गरिरहेको अवस्थामा कति रकम सङ्कलन भएको र कहाँकहाँ खर्च गरिएको भन्ने बारे पारदर्शी विवरण माग गरिएको हो ।

इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले आम्दानी खर्च माग गरिएको जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘कोरोना संक्रमणको प्रभावबाट बच्न आम नागरिकलाई राहत वितरण भयो । तर जनताको कर र सहयोगबाट सङ्कलन भएको रकम कहाँ कसरी खर्च भयो ? सार्वजनिक गर्न माग गर्दछौ ।’

यसका साथै क्वारेन्टाइन निमार्ण र परिचालनमा भएको खर्चको विवरण माग गरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार क्वारेन्टीन निमार्ण नभएको भन्दै जसपाले त्यसतर्फ स्थानीय सरकार मार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ । त्यसका साथै इटहरीलाई स्वास्थ्य हबको रूपमा विकास गर्न सुविधा सम्पन्न अस्पताल निमार्णमा ध्यान दिन स्थानीय सरकार सँग माग गरिएको छ ।

jsapa-2-itahari