प्रकाशपुर : आर्थिक बर्ष २०७६/७७ मा प्रदेश सरकारबाट प्रकाशपुर बाट कोशी टप्पु बन्यजन्तु आरक्ष छिर्ने ठाउमा पर्यटकीय गन्तव्य बनाउने योजनाको साथ बजेट छुट्टियो । पर्यापर्यटन र जलपर्यटनको राम्रो केन्द्रको रुपमा रहेको कोशीटप्पुका जंगली जनावार र कोशी अथाह आयतनको दृश्य हेर्न भ्यु पोइन्ट बनाउने निर्णय भएको थियो ।

प्रदेश सरकारबाट ५० लाख रुपैया पहिलो चरणमा छुट्टिएको बजेट लकडाउनको कारण खर्च हुन सकेको थिएन । खर्च गर्न प्रदेश सरकारले स्टमेट (लागत अनुमान) समेत तयार पारेको थिएन । तर, लकडाउन कै समयमा स्थानीय उपभोक्ता समितिले प्रदेश सरकारमा बारम्बार सम्पर्क गरेर 'स्टमेट' (लागत अनुमान) बनाएको थियो ।

स्टमेट तयार गरेर पठाएपछी अहिले सो कोशीटप्पुको उत्तरी सिमा प्रकाशपुरमा धमाधाम भ्यु पोइन्ट निर्माणको काम धमाधम भइरहेको छ । 'स्टमेट अलि ढिलो आयो, तर काममा हामीले ढिलो गरेका छैनौ' निर्माण उपभोक्ता समितिका सचिब राजन घिमिरेले भने ' ढिलो हुन्छ र बर्खा लाग्न लागेकाले दिन र रातमा समेत काम गर्दै आएका छौ ।'

घिमिरेले भने जस्तै प्रकाशपुरको कोशी किनारमा घेराबारा र पार्क बनाउने अन्य व्यवस्थापनको काम राति समेत गरिदै आएको छ । प्रदेश सरकारले बहुबर्सिया आयोजना जस्तै क्रमागतमा बजेट लगानी गर्ने सहमति भएको निर्माण समितिका अध्यक्ष खेजेन्द्र मगरले बताए ।

कोशी टप्पुको र कोशी नदीको दृश्य देखाउन हामीले यहा पार्क लगायतको निर्माण सुरु गरेका हौँ' मगरले भने 'पार्क सहित हामिले सप्तकोशी नदीको किनारमा प्रदेश स्तर सम्मको तालिम गोष्ठी लगायतका कार्यक्रम चलाउने मिल्ने संरचना पनि बनाउने सोचमा छौ ।'

view point 1