धरान : धरान -१३ का ४२ वर्षीय रामकुमार जबेगुले आफु सुत्ने कोठाको झ्यालको ग्रीलमा मफलरको पासो लगाइ झुण्डिएर आत्महत्या गरेका छन ।

सोमबार विहान ६ बजेको समयमा परिवारले उनलाई मृत फेला पारेको हो । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ ।

जबेगु अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने र घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरि कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीको नेतृत्वको टोली घटना स्थलमा पुगी । घटनाको मुचुल्का उठाइ शवलाई पोस्टमार्टमको लागि वी .पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरानमा पठाइएको ओली बताए ।

प्रहरी घटना स्थलको पुग्दा झुण्डिएको लासमा कमिला लागेको  हुनाले रातिनै  आत्महत्या गरेको अनुमान  गरी  मृतकको शरिरमा कुनै घाउ चोटपट लागेको देखिदैन तर घटनाबारे अनुसन्धार भैरहेको ओलीले बताए ।