धरान : सप्तरीमा बालिकालाई मदिरा सेवन गराई लठ्याएर बलात्कार गरी फरार भएका एक आरोपी युवालाई सप्तरी प्रहरीले  १ वर्षपछि पक्राउ गरेको छ ।

फरार भएका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीय शिवशंकर मण्डललाई  विशेष सुराकीको आधारमा  पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी  अनुसन्धान थालिएको सप्तरी प्रहरीले जनाएको छ ।

२०७६ साल असार १८ गते राति १० बजेको समयमा तिलाठी कोइलाडी गाउँपालिका७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको प्राङ्गणमा १४ वर्षीया बालिकालाई  बलात्कार गरी फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

विद्यालयको नयाँ भवनमा मजदूरी गर्ने बालिकालाई मण्डलले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेका थिए । रात परेपछि नास्ता खान  जबर्जस्ती गरी सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितले जाहेरीमा बताएकी छन्।