इटहरी : प्रदेश एक सरकारले प्रत्येक स्थानीय तहलाई समान रुपमा अनुदान उपलब्ध गराउने गरेको छ । सोमबार प्रदेश आर्थिक मामिला मन्त्रि इन्द्र आङ्ग्बोले प्रदेश भित्रका स्थानीय तहहरुलाई समान रुपमा बजेट छुट्याउने बताएका हुन् ।

आङ्ग्बोका अनुसार प्रत्येक स्थानीय तहहरुलाई बित्तिय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराउने बताएका हुन् । प्रत्येक स्थानीय तहहरुलाई तोकिएको रकम भन्दा नघट्ने गरि रकम उपलब्ध गराउने उनले बताए ।