इटहरी : संघीय सरकारको भन्दा प्रदेश एक सरकारले आफ्नो आर्थिक वृद्धिदर बढी हुने अपेक्षा गरेको छ ।

संघिय सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३% रहने अनुमान गरेको बेला प्रदेश १ सरकारले भने आफ्नो आर्थिक वृद्धिदर ३.४१ % पुग्ने अनुसाम गरेको गरेको छ ।

आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट पेस गर्दै प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आर्थिक वृद्धिदर अनुमान गरेका हुन् ।