इटहरी : संघिय सरकार मातहत रहेको विराटनगरस्थित कोशी अस्पतालमा प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको बनाउने भएको छ ।

कोशी अस्पतालमा हाल रहेको कोभिड १९ उपचार केन्द्रलाई अनुसन्धान केन्द्र बनाउन बजेट बक्तव्यका क्रममा ५० करोड छुट्याएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बताएका हुन् ।

यस्तै स्वास्थ्यको क्षेत्रमा प्रदेशले धनकुटा प्रादेशिक अस्पतालको स्तरउन्नति गर्ने भएको छ ।

प्रदेश भित्रका जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने र २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको आङ्ग्बोले बताए ।