धरान :  मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् ।

आईतवार राती सवाँ ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै बेपत्ता युवकको खोजतलासमा खटिएको बिपद ब्यबस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरीको टोलीले आज बिहान ९ बजे राईलाई पोखरीमा भित्र मृत फेला पारेको हो ।

मृत अवस्थामा फेला पारे संगै कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मंगलवारे अस्पताल पठाईएको छ भने अन्य थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।