इटहरी : प्रदेश एक सरकारले सांसद बिकाश कोष भने चिनिने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार बिकाश कार्यक्रमको बजेट घटाएको छ । प्रदेश सांसदहरुमार्फत खर्च हुदै आएको सो कोषमा प्रति निर्वाचन क्षेत्रमा ५० लाखको दरले घटाएको छ ।

बजेट प्रस्तुत गर्दै प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोका अनुसार चालू आर्थिक वर्षमा प्रदेशका ५८ वटा निर्वाचन क्षेत्रको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।भने यो पटक आगामी आर्थिक वर्षका लागि २ करोड छुट्याइएको हो ।

यस्तै चालू आर्थिक वर्षमा ९३ जना प्रदेशसभा सदस्यहरुमार्फत खर्च हुने ५० लाख रुपैयाँ दरको कार्यक्रम बजेट बक्तव्यमा समावेश छैन ।

प्रदेश सरकारले आगामि आर्थिक वर्षमा समग्र यातायात तथा पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याएको छ ।