धरान : पछिल्लो समय लकडाउनलाई सहज बनाउँदै बजार पसल खुलेसङ्गै सवारी साधन पनि बढी चल्न थालेका छन् ।

सवारी साधनको चाप बढेसङै प्रदेश नं. १ मा पनि सवारी साधनको चापलाई कम गर्नकालागि जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार नै प्रदेश नं. १ मा पनी असार १ गते देखि निजी तथा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल, स्कुटर र सबै निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीम बहादुर दाहालले जानकारी दिएका छन् ।

जोरबिजोर प्रणाली १ गते बिजोर नम्बर, २ गते जोर नम्बर र ३ गते बिजोर नम्बरका सवारी मात्र चल्न पाइने बताइएको छ ।

असार १ गते पहिलो दिन सबैलाई जोरबिजोर नम्बरको बारेमा सम्झाइएको र मोटरसाइकल र स्कुटरमा १ जना चालक मात्रै हिडन पाउने सरकारको निर्णयको बारेमा जानकारी गराएको र असार २ गते मङ्गलवार देखि भने कडाइ गरिने एसपी दाहालले बताए ।

निजी सवारी साधनहरूमा चालक सहित ३ जना मात्रै चढ्न पाइने र अरू कार्यालयहरूको सवारी साधनमा यात्रा गर्ने यात्रुहरुविच दुरी कायम गरेर मात्रै चलाउन पाइने बताइएको छ ।

यसै गरी एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि अनिवार्य सवारी सञ्चालन गर्न पाउने पास हुनुपर्ने छ । यदि यसो भएन भने कनुन बमोजिम कारर्वाही हुने बताइएको छ ।

असार १ गते सोमबार प्रदेश १ भरीका सवारी चालकहरूलाई मन्त्रिपरिषद्को निर्णयको बारेमा पहिलो दिन जानकारी गराएको र दोस्रो दिन यसलाई लागु गराउन प्रदेश नं. १ को १ सय ३१ स्थानमा कडाइका साथ चेकजाँच गरिने प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दाहालले बताएका छन् ।