धरान : धरानमा डेरा गरी बसेको विद्यार्थीको घर भाडा छुटको पहल गरिँदिन माग गर्दै नेबि सङ्घले धरान उपमहानगरमा ज्ञापन पत्र बुझाएको छ ।

नेवि सङ्घ सुनसरी सचिव टकेन्द्र राई तथा धरानका ४ क्याम्पसका एकाइ प्रतिनिहिरुद्वारा हस्ताक्षरित ज्ञापन पत्र मेयर तिलक राईलाई बुझाएका हुन ।

अध्ययनकालागी घर भाडामा लिई बसोबास गर्ने विद्यार्थीलाई घर भाडा तिर्ने विषयले परेको मार्कालाई मध्यनजर गरेर नेबि सङ्घ, सुनसरी र धरानका ४ वटा क्याम्पसका नेवि सङ्घ समितिले संयुक्त रूपमा धरान उपमहानगरपालिकाका मेयर लाई ज्ञापन पत्र बुझाएको नेवि सङ्घ सुनसरीका सचिव टकेन्द्र राईले बताए ।

क्याम्पस हुने पठनपाठन अझै अनिश्चित रहेको तथा आर्थिक कारणले विद्यार्थीको अध्ययनशील मानसिकतामा दबाब परेको हुनाले लकडाउन अवधिको भाडा छुटकोलागी पहल गरिँदिन ज्ञापन पत्रमा माग गरिएको छ

nebi-sanga-gyapan-patra