धरान : सुनसरीमा मङ्गलवार थप २ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका ३ जना सहित सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६२ जना पुगेको छ ।
सुनसरीमा मङ्गलवार इटहरीका १ जना, कोसी गाउँपालिकाका १ जना गरी सुनसरीमा थप २ जना नयाँ कोरोना सङ्क्रमित पुष्टि भएका हुन् ।

उनीहरू दुवै जना क्वारेनटाइनमा बसेको बताइएको छ । उनीहरूको कोरोना परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको हो ।