धरान : गत २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लाहरूमा ३ सय ८० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै देशभरको कुल कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्याको नियमित मिडिया ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

अहिले सम्म कोरोना सङ्क्रमणको कारण १९ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ५८ जना निको भएका छन् ।