धरान : धरान ११ मा वुधबार विहान एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् ।

३२ वर्षिय गंगा राइले टिनको छानो मुनि काठको सरामा सलको पासो लगाएर झुन्डिएको अवस्था शव फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपि ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

हाल सम्म अविवाहित राईको मानसिक सन्तुलन समेत गुमेको हुनाले बाटोमा एक्ले बोल्दै हिड्ने, रूने र कराउने गरेको स्थानिय वासिन्दाहरूले बताए ।

घटना स्थलको मुचुल्का उठाइ शवलाई विपि कोइराला स्वाथ्य प्रतिष्ठान धरान मर्चरीमा लगिएको र आफन्तले जाहेरी दिएपछि शव पोस्टमार्टम गरिने वस्नेतले जानकारी दिए।