धरान : बुधवार ५ सय ८६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकासँग कुल सङ्क्रमितको सङ्ख्या नेपालमा ७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

नयाँ थपिएका सङ्क्रमितमा ५ सय ४६ जना पुरुष र ४० जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा २०० जना सङ्क्रमित थपिएका छन् । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवलपुरका १७, कालिकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २-२ जना तथा सिराहा, कैलाली र बाँकेका १-१ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।