इटहरी : सुनसरीको हरिनगराबाट 'प्रहरी हुँ' भन्दै स्थानीय सँग रकम असुल्नेलाई पक्राउ गरेको छ । हरिनगरा २ मा स्थानीय व्यापारीहरूलाई आफू घुमुवा प्रहरी भएको बताउँदै असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको छ ।

हरिनगर गाउँपालिका का २३ को असार अहमदमियाले म घुमुवा प्रहरी भएको बताउँदै रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरी भएको भन्दै रकम असुल्ने मियालाई प्रहरीले अभद्र व्यवहारको मात्र मुद्दा दायर गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ अनुसार मियालाई अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थप गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार ठुलो मुद्दा नलाग्ने जस्तो खण्डमा अभद्र व्यवहारको मुद्दा लाग्छ त्यसैले कुनै ठुलो रकम नलिएकोले अभद्र व्यवहारको मुद्दा चलाइएको हो ।