धरान : मोरङको गोठगाउ स्थित पूर्वाञ्चल बिश्वबिद्यालयको कोभिड आइसोलेसन अस्पतालबाट बिहीबार ३९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

प्रदेश एक सरकारले सञ्चालन गरेको सो आइसोलेसन अस्पतालबाट बिहीबार पहिलो पटक बिरामी डिस्चार्ज गरिएको हो ।  सा्े आइसोलेसनमा पहिलो चरणमा भर्ना गरिएका ५२ जनाको स्वाब सङ्कलन गरी धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएकोमा ३९ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएकाहरू झापा,मोरङ, सुनसरी र भोजपुर जिल्लाका रहेका छन् । पूर्वाञ्चल बिश्वबिद्यालयको कोभिड आइसोलेसन अस्पतालमा अझै ७९ जना कोरोना सङ्क्रमित व्यक्तिहरू उपचाररत रहेका छन् ।