धरान : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा अहिले सम्मकै उच्च ६ सय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन्। यससँगै कुल सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कोरोना सम्बन्धी प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा भेटिएका सङ्क्रमितमा ५९१ जना पुरुष र ८० जना महिला रहेका गरी जम्मा ६ सय ७१ जना अहिले सम्मकै धेरै कोरोना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । अहिले सम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ सय ८६ पुगेको छ । जसमा १ सय १४ जना महिला र १ हजार ७२ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार थप कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।