धरान : जिल्ला प्रहरि कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्वराज अधिकारी गत बुधवार माइती नेपाल मोरङ र संयुक्त कार्यदल विराटनगर महानगर कमिटीद्वारा सम्मानित भएका छन।

उक्त माइति नेपालको सम्मान पत्रमा अपराध अनुसन्धान तथा लैङ्गिक हिंसा, मानव वेचविखन विरुद्धको अभियानमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरेको उल्लेख छ। भने संयुक्त युवा कार्यदलको सम्मान पत्रमा शान्ति सुरक्षामा अमन चयन गरि कानुनी राज्य तथा विधिको शासन कायम गराउन प्रहरी उपरीक्षकको भुमिकाको उचित मुल्याङकन गरेको उल्लेख छ।saman-patra

अधिकारी मोरङ जिल्ला अदालत विराटनगरमा फौजदारी न्याय प्रणालीको अभिन्न अङ्गको रूपमा रहेको फैसला कार्यान्वयन सन्दर्भमा आ .व २०७६ /०७७ मा जिल्ला प्रशासन कार्यालय मोरङमा र दण्ड जरिवानामा नेतृत्व उत्कृष्ठ भइ दण्ड जरिवाना मध्यका ४४८जना व्यक्तिलाइ पक्राउ गरि लगत फछर्यौटमा कर्तव्यतथा जिम्मेवारी वोध गरि समग्र न्याय प्रणालीको शिर उच्च राख्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन पत्र समेत प्रदान गरेको थियो।

"न्याय गरेर मात्र हुदैन न्याय गरेको देखिनु पर्छ" भन्दै लगनशिल, कर्तव्यनिष्ठ, उत्कृष्ठताका साथ अपराध रहित समाज निमार्णकालागि गत जेठदेखि मोरङ प्रहरी प्रमूखमा कुशल नेतृत्व सम्पादन गर्दै फैसला कार्यान्वयन न्यायको एउटा पाटो रहेको हुन्छ जहाँ फस्यौर्टमा कर्तव्यतथा जिम्मेवारी वोध गरी सहयोग गरेको उचित मुल्याङकन गरी प्रमाणित हुने गरी ज्ञापन पत्र प्रदान गरेको स्रेस्तेदार इश्वरमणि ओझाले बताए।