धरान : बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिहीबार एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

यो सँगै प्रतिष्ठानबाट कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किनेहरूको सङ्ख्या १ सय १५ पुगेको छ ।

स्वास्थ्य प्रोटोकल अनुसार पछिल्लो पिसिआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि बिहीबार झापाका २७ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।