धुलावारी  : झापाको मेचीनगरका युवाहरुले पिसिआर परीक्षणको दायरा बढाउनदेखि क्वारेन्टाइनको उचित व्यवस्थापन गराउन स्थानिय सरकारको ध्यानाकर्षण गराउँदै हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न गरेका छन ।

झापाको धुलाबारीमा भएको उक्त कार्यक्रममा १०० जना भन्दा बढी युवाहरुले हस्ताक्षर गर्दै स्थानिय सरकारलाई कोरोना भाइरसले सृजना गरेको यस असहज परिस्थितीमा सक्रृयता पुर्वक लाग्न आग्रह गरेका छन ।
पिसिआर परीक्षणको दायरा बढाउन, सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्न, सिमाबाट नागरीकलाई सुरक्षित रुपमा भित्र्याउन, नगरको कोरोना कोषलाई पारदर्षी बनाउन, फ्रन्टलाईनमा काम गर्ने संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको पिसिआर परिक्षण गर्न र आर्थीक अवस्था कमजोर भएका मानिसलाई राहात उपलब्ध गराउन स्थानिय सरकारसगँ उनिहरुको माग रहेको छ ।

त्यस्तै होल्डिङ प्वाइन्टको सुरक्षित व्यवस्थापन गर्न, आरडिटी परिक्षण बन्द गरी पिसिआर परिक्षणको दायरा बढाउन तथा सम्पुर्ण नगरवासीलाई सुरक्षाको महसुस गराउन पनि स्थानिय सरकारलाई युवाहरुले माग गरेका छन ।

नेपालकै पश्चिमी जिल्ला कैलालीको क्वारेन्टाइनमा भएको सामुहिक बलात्कारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै त्यस्तो घट्ना फेरी नदोहोरीने गरी काम गर्न पनि मेचीनगरका युवाहरुले स्थानिय सरकारलाई आग्रह गरेका छन् ।

संकलन गरिएको हस्ताक्षरहरु ज्ञापन पत्र सहित स्थानीय सरकारलाई बुझाउने तयारी युवाहरुको रहेको छ ।