धरान : पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थप ४ सय २६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमितसँगै देशभर सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ पुगेको जानकारी दिए । अहिलेसम्म सङ्क्रमितमध्ये १ हजार ४ सय २ जना उपचारपछि घर फर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न ठाउँमा १ लाख ९ हजार ४ सय ६१ जना क्वारेनटाइनमा रहेका छन् ।